अफताव आलमको थुनछेक बहस जारी



काठमाडौ।अफताव आलमको थुनछेक बहस आइतबार पनि जारी रहने भएको छ ।रौतहट ब म वि स्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता अफताव आलमको अदालती बयान सकिएसँगै सुरु भएको थुनछेक बहस आज पनि सकिएन । रौतहटका जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष (मुद्दाको सुनुवाई प्रकृया) अघि बढाउने कि थुनाबाहिर राखेर भन्नेबारे बहस जारी छ।

आज सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाहरूका वकिलले सुरू गरेका थिए।
जाहेरवालाको तर्फबाट आज बरिष्ठ अधिवक्ता यूवराज संग्रौला, दिनेश त्रिपाठी, कुमार शर्मा, अधिवक्ता गोविन्द् बन्दी, आशिकराम कार्की, पुष्पराज पौडेल, ओमप्रकाश अर्याल र मनिषकुमार श्रेष्ठले बहस गरेका थिए।

आइतबार आलमका वकिलहरूले बहस गर्ने छन्। आलमका तर्फबाट भने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, प्रेम बहादुर खड्का, अधिवक्ता सुनिल पोखरेल र योगेन्द्र बहादुर अधिकारीले गर्ने भएका छन् ।
बहस सकिएपछि आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राख्ने अदालतले निर्णय गर्नेछ।

सम्बन्धित समाचार