श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने पक्राउ



काठमाडौं। एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मासिक ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी गरी फरार रहेका थिए ।

लामो समयदेखि फरार रहेको मोरङ पथरी नगरपालिका–१ बस्ने राईलाई महानगरीय अपराध महाशाखाको टोलीले मोरङ उर्लावारीबाट पक्राउ गरेको हो ।

उनले अन्य व्यक्तिलाई ठगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनले राजन राईबाट ३ लाख ५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रकम लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार