भारतीय सरकारले नेपाली भू-भागलाई आफैँ क्षेत्रभित्र रहेको नक्सा सार्वजनिक गरेपछि नेपालभर तीब्र आलोचना



इनरुवा। भारतीय सरकारले लिपुलेक र कालापानीलगायत नेपाली भू-भागलाई आफैँ क्षेत्रभित्र रहेको नक्सा सार्वजनिक गरेपछि नेपालभर त्यसको तीब्र आलोचना भइरहेकोछ। यता, पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रूपमा रहेको भाण्टाबारी नाकाको दशगाजा नै मिचेर भारत सरकारले स्वागत गेट निर्माण गरेको अझै हटेको छैन। नेपाली-भारतीय आधिकारिक रूपमा आउजाउ गर्ने मुख्य नाकारूपमा  भान्टाबारीलाई लिइन्छ।

पूर्वी नेपालको जोगबनी, काँकडभिट्टापछि बढी सामान आउने र चहलपहल हुने छोटी भन्सारसमेत भण्टाबारीमै छ। नेपाली प्रशासनको पनि राम्रो उपस्थिति भएको सो नाकामा भारतले दशगजा मिचेर बनाएको गेट भने हटाउन प्रसासनको कुनै पहल छैन। छोटी भन्सार भन्नेबित्तिकै नेपाली सशस्त्र प्रहरीको उपस्थिति बाक्लै हुन्छ।

सशस्त्र प्रहरीको संख्या उल्लेख्य हुँदा पनि त्यस नाकामा भारतले भने दशगजा मिचेर स्वागत गेट बनाएको थियो। मैत्री पोखरी नाम दिएको पोखरीमा नाका संचालन भए पनि भारत सरकारले भने दशगजा मिचेर गैरमैत्री व्यवहार देखाएको हो।

सम्बन्धित समाचार