बैतडीमा वडासदस्य मृत अवस्थामा फेला



बैतडी। बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय वडासदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेटिएका छन् ।पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिरनजिक उनको शव शुक्रबार बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

बिहीबार राति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडासदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार