बाराबाट कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्त पक्राउ



काठमाडौं । बारा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका-६ मझरियाका गजानन्द यादव रहेका छन् ।

२०७५ कात्तिक ३० गते बिहान महागढीमाई नगरपालिका-६ मझरिया बस्ने २१ वर्षीया किरण देवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा यादवलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको समेत खोजी भइरहेको र यादवलाई जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार