जिपको ठक्करबाट एक वृद्धको मृत्यु



गुल्मी । धुर्कोट गाउँपालिकामा जिपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

शुक्रबार धुर्कोट गाउँपालिका-२ पिपलधारास्थित लु १ ज १७१२ नम्बरको जिपले ठक्कर दिँदा सोही ठाउँका ७३ वर्षीय कृष्ण घर्तीको मृत्यु भएको हो।

ब्याक गर्ने क्रममा जिपको ठक्करबाट घाइते भएका घर्तीको जिल्ला अस्पताल तमघासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।रावलका अनुसार जिपका चालक र जिपलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार