२३ वर्षीया आयुष्मा गुरुङको दुवै मिर्गौला फेल,उपचारमा सहयोग गर्न दातासँग आग्रह



काठमाडौं ।  २३ वर्षीया आयुष्मा गुरुङको दुवै मिर्गौला फेल भएको छ। नुवाकोट, शिवपुरी गाउँपालिका –४ की गुरुङले उपचारमा सहयोग गर्न दातासँग आग्रह गरेकी छिन्।

एक वर्षदेखि मिर्गौला फेल भएको उनको उपचारका लागि मासिक झण्डै १५ हजार खर्च लाग्छ ।  राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा जँचाउँदा चिकित्सकले डायलासिस वा प्रत्यारोपण गर्नु पर्ने सुझाव दिएका थिए। पर्याप्त रकम नहुँदा डायलाइसिस गर्ने कि प्रत्यारोपण भन्ने बारे टुंगो लाग्न नसकेको उनले बताइन्।

बज्र इन्टरनेशनल कलेज, बौद्धमा अध्ययनरत गुरुङलाई सहयोगबाट जुटेको रकमले उपचार गराइरहेको उनकी दिदी देवीले जानकारी दिइन्।  अस्पतालले प्रत्यारोपणका लागि २५ लाखसम्म खर्च लाग्ने बताए पनि खर्च अभावले गर्न नपाएको उनले बताइन् ।

सम्बन्धित समाचार