डेढ करोडको लागतमा इटहरीमा लालिगुरास होटल



इटहरी । नेपाल सरकारले आगामि अंग्रेजी वर्ष २०२० लाइ पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेसंगै प्रदेश एकमा ठुलो लगानिका होटलहरू स्थापना हुने क्रम बढदो रहेको छ । प्रदेश एकको मुख्य केन्द्र इटहरीमा शनिबारबाट लालिगुराँश होटल एण्ड सेकुवा कर्णर सञ्चालनमा आएको छ । पर्यटकहरूलाइ लक्षित गरी इटहरीमा डेड करोडको लगानि सहित युवा ब्यवसायी काशिनाथ भण्डारी , गोविन्द प्रसाद लिम्बु , दुर्गाबहादुर लिम्बु र रुद्रप्रसाद ढकालले सो होटल सञ्चालनमा ल्याएका हुन

।अत्याधुनिक सेवा सुविधा सहित इटहरी २ को मुख्य राजमार्गमा अवस्थित सो होटलको इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले समुदघाटन गरेका थिए । पछिल्लो समय ब्यपाराीक हब बनिसकेको इटहरी होटलहरूको पनि हब बन्दै गएको जसका कारण पर्यटन क्षेत्रको प्रवर्दन सहित पर्यटकहरूको गन्तब्य पनि बनेको अध्यक्ष पौडेलले बताए ।

नेपालको सर्वोच्च शिखर सगरमाथा सहित अन्य आकर्षक पर्यटकिय क्षेत्रहरू प्रदेश एकमा रहेका छन । इटहरीबाहिरबाट आउने पर्यटकहरूलाइ बास बस्नुपर्दा ब्यवस्थित होटलहरू त्यति छैनन पर्यटकहरूकै सुविधाकालागि भनेर हामिले यो होटल सञ्चालनमा ल्याएका हौ सञ्चालक मध्येका काशिनाथ भण्डारीले बताए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..