कञ्चनपुरमा चराको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चराको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको छ। चराको वासस्थान, आहाराको अवस्था, नयाँ चरा पत्ता लगाउन र चराका प्रजातिबारे अध्ययन गर्न प्रत्येक शुक्रबार टोली खटिँदै आएको छ। निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, नेचर गाइड र सिद्धनाथ विज्ञान क्याम्पसका विद्यार्थी गरी १६ जनाको टोलीले अध्ययन गर्दै आएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले जानकारी दिए।

चौधरीका अनुसार बाइना कुलर र विशेष प्रकारको क्यामेराको माध्यमले चराको अध्ययन भइरहेको छ। उनले भने, ‘निकुञ्जभित्रका सीमसार क्षेत्र, मध्यवर्ती क्षेत्र र चुरे क्षेत्रमा चरा अध्ययनका लागि प्रत्येक शुक्रबार टोली परिचालन भैरहेको छ।’ टोलीले निकुञ्जको शुक्लाफाँट, महाकाली नदी, शिकारी ताल, रानीताल, सलगौंडीताल, बाबा ताललगायतका ताल र सीमासार क्षेत्रसँगै वन क्षेत्रमा चराको अवस्थाबारे अध्ययन गर्दैछन्। निकुञ्जमा ४२४ प्रजातिका चरा पाइन्छ। नेपालमा ८७७ प्रजातिका चरा पाइने तथ्यांक छ। जसमध्ये १९ प्रजातिका चरा दुर्लभ छन्।

सम्बन्धित समाचार