झापाको बुढी सुखानीको पक्की पुल निर्माण कार्य वर्षौँदेखि अलपत्र



इलाम । झापाको शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य वर्षौँदेखि अलपत्र परेको छ ।

पुल निर्माण छाडेको निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दासमेत काम गर्न नआएको डिभिजन सडक कार्यालय इलामले जनाएको छ ।

पुल आधाभन्दा बढी निर्माण गरेर निर्माण नै अलपत्र पारेपछि उक्त सडकको यात्रा वर्षायाममा जोखिममा पर्ने गरेको छ ।

इलामको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी तथा माङ्सेबुङ गाउँपालिकाका विभिन्न ठाउँबाट हाट बजार भर्न झापा, खुदुनाबारी, शनिश्चरे, विर्तामोड जस्ता शहरहरुमा जाने मुख्य सडकमा पर्ने पुल अहिले सबैको रमिता बनेको छ ।

आर्थिक वर्ष २०६८/०६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ ।

भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता भएपनि २५ लाख जतिको काम अधुरै रहेको डिभिजन सडक कार्यालयका डिभिजनल इञ्जिनियर खड्गलाल श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार