झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास



बनियानी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक विकास निर्माणको प्रक्रियामा अगाडि बढीरहेको बताउनुभएको छ ।झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले भन्नुभयो, “मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ ।”

मुख्यमन्त्री राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल निर्माणको महाअभियानलाई साकार पार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारले प्रदेश नं १ मा चीन र भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको शिलान्यास गर्नुभएको हो ।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब ४ करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७।८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ । उक्त सडकको ती वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

सम्बन्धित समाचार