पाँचथरमा किवीले बजार भाउ नपाउँदा कृषकहरु चिन्तित



पाँचथर । पाँचथरका कृषकले लगाएको किवीले बजार भाउ नपाउँदा कृषकहरु चिन्तित बनेका छन् । जिल्लाको अधिकांश पालिकामा हुने किवीले बजार नपाउँदा कृषकहरु चिन्तित बनेका हुन् । गाउँमा ब्यापारी किन्न नआउने,आफूले बजारमा लगेर विक्री गर्न समय लाग्ने हुँदा कृषकले लगाएको किवी बोटैमै पाकेर खेर गइरहेको छ ।

भाउ नपाएपछि अहिले आफूले लगाएको किवी आफैँ खाने तथा पाहुनालाई दिने गरेको फालेलुङ २ एकतिनका कृषक चुडामणि अधिकारीले बताउनुभयो । अहिले प्राय जिल्लाका अधिकांश कृषकले लगाएको किवी किन्न ब्यापारीहरु नजाँदा कृषकहरु निराश बनेका हुन् । बजारमा अहिले किवी प्रतिकेजी २ सय रुपैया सम्म विक्री हुने गरेको छ । किवी फलको फाइदा बारे प्रचार नहुँदा पनि मानिसहरुले किवीको प्रयोग नगरेको हुन सक्ने कृषकहरुको भनाई छ ।

सम्बन्धित समाचार