मोरङका विद्यार्थीले मोदीको तस्बिर जलाए



पथरी । पथरी बहुमुखी क्याम्पस मोरङका विद्यार्थीहरुले मिचिएको नेपाली भूमी फिर्ता गर्न माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीरलाई थुकेर जलाएका छ्न् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी नेकपासम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरु निता कुलुङ राई, विवेक न्यौपाने, एलिना दियाली लगायतको नेतृत्वमा विरोध र्याली निस्केको थियो । विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, जाली नक्सा खारेज गर, मोदी सरकार मुर्दावाद लगायतको नाराजुलुस पनि लगाएका थिए ।

कोणसभालाई नेकपा १ नम्बर प्रदेश समिति सदस्य युवराज बस्कोटाले साम्राज्यवादी वेलायत र बिस्तारवादी भारतको सीमा सुरक्षा गर्न सहयोग गर्दै आएको नेपाल आफ्नो देशको सुरक्षा गर्न सक्ने भारतलाई थाह हुनु पर्ने बताए । नेपालको भूमी आफ्नोमा पारेर नेपालीलाई नजिस्क्याउन नेता बस्कोटाको भारतलाई चेतावनी थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज १ नम्बर प्रदेश समिती अध्यक्ष अर्जुन जम्नेली राई, अनेरास्ववियूको पथरी क्याम्पसका नेताहरु निता कुलुङ राई, विवेक न्यौपाने, एलिना दियाली लगायतले विचार राखेका थिए ।

सम्बन्धित समाचार