विराटनगर बसपार्कस्थित होटलबाट पक्राउ परेका भारतका तीन जना न्यायाधीश बर्खास्त



विराटनगर। विराटनगर बसपार्कस्थित एक होटलबाट पक्राउ परेका भारतका तीन जना न्यायाधीश बर्खास्त भएका छन् । ६ वर्षअघि बसपार्कमा रहेको मेट्रो गेस्टहासबाट महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका उनीहरु बर्खास्त भएका हुन् ।

वि.स.२०६९ साल माघ १३ गते नेपाल प्रहरीले भारत बिहारको तल्लो अदालतका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्तालाई पक्राउ गरेको थियो । भारतको सर्वाेच्च अदालतले शुक्रबार सन् २०१३ को घटनाको आधारमा तीनै जनालाई बर्खास्त गर्न बिहार सरकारलाई अनुमति दिएको हो ।तीन जना न्यायाधीशलाई २०६९ साल माघ १३ गते प्रहरीले पक्राउ गरेको केही समयपछि छाडेको थियो ।

पक्राउ परेलगतै छुटेपछि स्थानीय मिडियामा समाचार प्रकाशित भएको थियो । सोही समाचारका आधारमा पट्नाको उच्च न्यायालयले निलम्बन गरी छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो । सोही क्रममा कल ट्रेस गर्दा तीनजनाकै लोकेशन एकै स्थानमा देखिएको थियो । माघ १३ गते पक्राउ परेका न्यायाधीशहरु भोलिपल्ट मात्र भारत पुगेका थिए ।

सम्बन्धित समाचार