उदयपुरमा एक जनाको गोली लागेर मृत्यु



उदयपुर। उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा गएराति एक जनाको गोली लागेर मृत्यु भएको छ । स्थानीय ५० वर्षिय शंकर राउतलाई भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली राउतलाई लागेको बताईएपनि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेम सागर केसीले बताउनु भयो । ‘गोली कसरी लाग्यो ,कसले चलायो थप अनुसन्धान गरिरहेका छौं ।’ केसीले भन्नु भयो,–‘छर्रा लागेर एकजनाको मृत्यु भएको छ अन्य कुरा खुल्न बाँकी छ ।
’ घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी केसीले बताए । प्रहरी स्रोतका अनुसार दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएपनि अन्य फरार रहेको बताए । पोष्टमार्टमका लागि शव कटारी अस्पत्तालमा ल्याईएको छ ।

सम्बन्धित समाचार