मोरङ र सुनसरीका दुइ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ



बिराटनगर । मोरङ र सुनसरीका दुइ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका धरान उप-महानगरपालिका-६ का २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा निजले मोटरसाईकलको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको १५ ट्याब्लेट लागुऔषध नाईट्रोसन बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका- ४ बाट बिराटनगर-१६ का २४ बर्षीय अजित यादव लागुऔषध डाईलक्स डि.सी.सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले यादवको झोला चेकजाँच गर्दा निजको झोलाबाट ५१ बोतल डाईलक्स डि.सी. बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार