इटहरीमा तिन तारे होटलको सुविधा सरहकाे होटल गोरखा सञ्चालनमा आउदै



इटहरी । केही वर्ष यता पूर्वको केन्द्रबिन्दु इटहरी  लगायत प्रूर्वका  प्रमुख शहरहरुमा होटेल व्यवसायमा उच्च लगानी भएको छ । खासगरी पूर्वका धरान, इटहरी , बिराटनगर, दमक, बिर्तामाेड लगायतका क्षेत्रहरूमा होटल ब्यावसाय फस्टाउँदोे छ ।यसैक्रममा  सुनसरीको इटहरीमा गोरखा होटल सञ्चालनमा आउने भएको छ ।

पुर्वको केन्द्रको रुपमा तिब्र बिकास भइरहेको इटहरीको मुख्य चोकमा उक्त होटल सञ्चालन हुन भएको हो । नेपाल भ्रमण बर्ष २०२० काे पूर्व सन्ध्यामा तिन तारे होटलको सुविधा सरहकाे होटल गोरखा सञ्चालनको अन्तिम चरणमा रहेको छ । उक्त होटलमा ५ वटा स्विट, डिलक्स र अन्य  गरी ४२ वटा सुविधा सम्पन्न काेठाहरु रहेका छन् ।करिब ४० करोड रुपैयाँको लगानिमा निमार्ण गरिएको उक्त होटल मंसीर अन्तिमबाट सञ्चालनमा आउने संचालक बलाराम अाचार्यले बताए ।

नेपाल भ्रमण बर्षमा विदेशबाट आउने पाहुनाहुनाहरूकालागि इटहरीमा सुविधा सम्पन्न होटलको अभाव भइरहेका बेला एक पटकमा ८० जना भन्दा धेरैलाई सुविधा दिन सक्ने क्षमता रहेकाे उक्त होटल सञ्चालनमा आउन लागेको हो । होटल सञ्चालनमा आए पछि स्वदेशी तथा विदेशी पर्यटकहरूले इटहरीमा सुविधा सम्पन्न होटलको समस्या भोग्नु नपर्ने अाचार्यकाे भनाइ रहेकाे छ । उनका अनुसार उच्च स्तरकाे सेवा सुबिधा भएकाे रेस्टुरेन्ट तथा बार प्रदेश नं १ कै उत्कृष्ठ रहने दावि रहेको छ ।

सम्बन्धित समाचार