इटहरी स्थित एकै घरका चार अपाङ्गता भएकाहरूलाइ माता सविता सरु शर्मा आचार्यको सहयाेग



इटहरी । इटहरी स्थित एकै घरका चार अपाङ्गता भएकाहरूलाइ माता सविता सरु शर्मा आचार्यले सहयाेग गरेकी छिन् । इटहरी २ स्थित डम्फुचाेकमा लक्ष्मण तामाङ्गका तामाङ्ग परिवारका सबैजना सन्तान अपाङ्गता भएकाे थाहा पाए पश्चात उनले साे सहयाेग गरेकी हुन्  । लक्ष्मण तामाङ्गका चार जना सन्तान मध्ये चारैजना अपाङ्ग रहेका छन ।

उनीहरू जन्मजात अपाङ्ग भने हाेइनन् । बुबा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म ठीकै थिइन । सामान्य बच्चाहरू जस्तै उनी पनि बाेल्ने, हाँस्ने, खेलकुद गर्ने र स्कुल समेत जाने गर्थीन् । बिस्तारै उनले आँखा देख्न छाडिन, एक वर्षमा पुरै आँखा नदेख्ने भइन् ।सपछि ढल्ने, मुर्छा पर्ने र बेहोस हुने जस्ता समस्या देखा पर्न थाले । केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् ।

अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । उठेर हिँडन त परै जाओस्, बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् तर हिडडुल गर्न भने सक्छन् । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके ठीक हुन्थ्यो कि भन्ने उनलाई लागेको छ ।

तामाङ्ग परिवारमा परेको यो समस्या थाहा पाएर सविता माताका नामले परिचित सविता सरू शर्मा आचार्यले सहयाेग स्वरूप ४ वटा व्लाङ्केट र एक बाेरा चामल हस्तान्तरण गरिन् र सबै लाइ सहयाेगकाे लागि अपिल समेत गरिन् । उनले पित्री दाेशका कारण यस्ताे भएकाे हुन सक्ने भन्दै बताइन् तथापी एकै घरका सबै सन्तानमा यस्ताे हुनु कल्पना बाहिरकाे कुरा हाे ।

नुहाउने, धुवाउने, खुवाउने तथा सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ । दिशा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ । उनले भने, केही त्यस्ता आमाबुवाहरू छन् जसले स्वस्थ्य बच्चालाइ समेत लावारिस छाेड्ने, जन्मिदै फालिदिने जस्ता घटनाहरू भइरहेकाे अवस्थामा यस्ताे चार जना अपाङ्गता भएका सन्तानकाे स्याहार सुसार गरेकाेमा तामाङ् दाम्पतीलाइ उदाहरणीय अामाबाबु रहेकाे भन्दै प्रशंसा गरिन् ।

सम्बन्धित समाचार