मृगौला तस्करीको आरोप लागेका ५ जनालाई पुर्पक्ष थुनामा पठाउन आदेश



काठमाडौँ ।  जिल्ला अदालत ललितपुरले मृगौला तस्करीको आरोप लागेका ५ जनालाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले निदान अस्पतालको मृगौला प्रत्यारोपण समितिका चार सदस्यसहित मृगौला लिने शंखरलाल लामालाई पनि थुनामा पठाउन आदेश दिएको हो । समितिमा अस्पतालको प्रशासन प्रमुख विपेन्द्र प्रधान, अस्पतालका चिकित्सक डा। राजेश पन्त, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र आले अनि अस्पतालका कानूनी सल्लाहकार कुमुदकुमार भट्टराई थिए ।

उनीहरुमाथि बदनियतका साथ फोटो फेरेर नाता नपर्ने व्यक्तिको मृगौला प्रत्यारोपण गराएको आरोप थियो । अनि प्रहरीले मृगौला लिने बिरामी शंकरलाल लामा, उनका छोरा शिशिर सागर योञ्जनलाई पनि प्रतिवादी बनाएको छ । लामा र योञ्जनले प्रलोभनमा पारी बबरमहल दुईबाट मृगौला किनेको आरोप थियो । अनि बिरामीका भान्जा सञ्जिव घिसिङमाथि आफूले मृगौला दिने भनी सक्कल कागजात उपलब्ध गराएको आरोप छ ।

शिशिरकी पत्नी बिन्दा तामाङमाथि मृगौला किनेको पैसा उपलब्ध गराएको अभियोग थियो । सञ्जिवको दिदी रेणुमाथि झूटो विवरण दिइ गलत व्यक्तिको साक्षी बसेको आरोप छ । उनीहरुमाथि १० वर्ष कैद र क्षतिपूर्तिको माग दाबी छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित समाचार