इलामको कन्याममा फोहर व्यवस्थापन नहुँदा समस्या



इलाम। दैनिक सयौ पर्यटकले भ्रमण गर्ने इलामको कन्याममा फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ । मेची राजमार्गको कन्याम खण्डमा पर्यटकको चाप बढेसँगै फोहर व्यवस्थापनमा समस्या देखिएको हो ।

सडक किनारमा रहेको अधिकांश चिया बगानमा मादक पदार्थका फुटेका बोतलहरु मात्र देखिन्छन् । पिकनिकपछि पर्यटकहरुले प्लास्टिक, सिसा र बचेको खाना चिया बगानमै छोड्ने गरेका छन् । दिसा–पिसाबसमेत बगानमै गर्ने गरेकाले फोहरको समस्या बढ्दै गएको स्थानीयको गुनासो छ । स्थानीय सरकारले कन्यामबाट रकम असुल गरेपनि फोहोर व्यवस्थापनमा काम नगरेको स्थानीयको आरोप छ ।

फोहर संकलनका लागि ठाउँ–ठाउँमा भाँडोहरु राखेपनि पर्यटकहरुले त्यसको प्रयोग नगर्दा समस्या बढेको सूर्योदय नगरपालिकाको भनाइ छ ।

सम्बन्धित समाचार