धादिङमा २० रोपनी क्षेत्रफलको गाँजा फडानी



काठमाडौं । धादिङमा प्रहरीले करिब २० रोपनी क्षेत्रफलको गाँजा फडानी गरेको छ ।ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव निरीक्षक किरण थपलियाको कमाण्डमा खटिएका १० जनाको टोलीले गजुरी गाउँपालिकाको विभिन्न स्थानको २० रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती बिहीबार फडानी गरी नष्ट गरेको हो ।

गजुरी गाउँपालिका-२ डुडेठाटी लगायतका स्थानको करिब २० रोपनी जमिनमा लगाइएको अवैध गाँजा खेती फडानी गरेर नष्ट गरेको थपलियाले बताए ।

सम्बन्धित समाचार