नयाँ प्रमुख आएसँगै मोरङ ट्राफिकको महत्वकांक्षी कार्ययोजना



विराटनगर। मोरङ ट्राफिकको नयाँ प्रमुखका रुपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) राकेशकुमार पोद्धार आएका छन् । उनले कार्यालयमा हाजिर भएर शुक्रबारबाट काम थाले । ऐतिहाँसिक, औद्योगिक एवं राजनीतिक सहर विराटनगर प्रदेश १ को राजधानी भएकाले पनि यहाँ ट्राफिक प्रमुखको हेरफेरले निक्कै महत्व राख्छ । यस अघि प्रमुख रहेका शिव पोखरेलले अवकाश पाएपछि ट्राफिक प्रमुखका रुपमा तेह्रथुम दरबन्दी भएका इन्सपेक्टर पोद्धारलाई प्रहरी प्रधान कार्यालयले मोरङ पठाएको हो ।

नयाँ प्रमुखका रुपमा कार्यभार सम्हालेसँगै पोद्धारले महत्वकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले शुक्रबार विराटनगरलाई सवारी जाममुक्त बनाउने महत्वपूर्ण कार्ययोजना सार्वजनिक गरेर त्यसलाई पहिलो प्राथमिकतमा राखेको जानकारी दिए ।

ट्राफिक व्यवस्थापन चुस्त बनाएर विराटनगरलाई सवारी जाममुक्त बनाइने पोद्धारले बताए । पछिल्लो समय सवारी साधनको चाप बढेसँगै जाम बढेर यहाँको ट्राफिक व्यवस्थापन डावाडोल र भद्रगोल बनेको छ । पोद्धारले महानगर र प्रदेश सरकार समेतका सरोकारवाला निकायसँग समन्वय गर्दै विभिन्न उपाय अवलम्बन गरेर ट्राफिक व्यवस्थापन सम्बन्धीका सबै खाले कामलाई निरन्तरता दिइने पनि बताए ।

सम्बन्धित समाचार