अस्थायी करार शिक्षकलाई स्थापित गर्न माग



झापा । छुट अस्थायी करार शिक्षक संघर्ष समिति झापाले छुट अस्थायी करार शिक्षकहरुलाई कुनै पनि बाहनामा विस्थापित गर्न नहुने जनाएको छ ।
संघर्ष समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै २०७५ असोज ३ गते पछिका नियुक्ति भएका सम्पुर्ण अस्थायी करार शिक्षकहरुलाई सरकारले विस्थापित गर्न नहुने भन्दै उनीहरुलाई अन्र्तराष्ट्रिय श्रमसंगठनको मान्यता अनुरुप नागरिकलाई रोजगारीको हक बमोजिम नियुक्ति गर्न माग गरेको हो ।

विज्ञप्तीमा नियुक्ती प्रकिया संगसंगै मितिको कारण कुनै कनिष्टताको आधारमा विस्तापित गर्नुपरे विगतको जस्तै निजहरुलाई रिक्त राहत दरवन्दीमा स्थापित गनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ झापा समक्ष आग्रह गरिएको छ ।

संघर्ष समितिका झापा जिल्ला अध्यक्ष माधव प्रसाद गौतम, केन्द्रिय सदस्य पूर्णनारायण राजवंशी, केन्द्रिय सचिव मनिष यादव, प्रदेश सचिव रञ्जित यादवको संयुक्त नाममा जारी प्रेस विज्ञप्तीमा २०७२ असोज ३ पछिका देशभर झन्डै १५ हजार भन्दा बढी र झापाका १५० भन्दा बढी अस्थायी करार शिक्षकहरुलाई विभेदसंगै राज्यले अन्याय नगर्न समेत भनेको छ । समितिले विज्ञप्ति मार्फत करार शिक्षकको समस्या समाधान नगरे कडा भन्दा कडाविरोधका कार्यक्रमहरु गर्ने समेत चेतावनी दिएको छ ।

सम्बन्धित समाचार