तीन दिन देखि बन्द वाइवाइ उद्योग सञ्चालनमा



इनरुवा ।कामदार र उद्योग प्रशासनबिचको सहमति पश्चात तीन दिन देखि बन्द औराबनीको वाइवाइ उद्योग सञ्चालनमा आएको छ ।  उद्योग प्रशासन र कामदारबिचको छलफलमा सहमति जुटेपछि आजबाट उद्योग सञ्चालनमा आएको हो । सहमति पश्चात सबै कामदार काममा फर्किएको सीजी फुड्स इन्ड्रसट्रिज प्रालिले जनाएको छ ।खाना खानको लागि उद्योग वाहिर निस्कन पाउनु पर्ने अडान राखी कामदार आन्दोलनमा उत्रिदा उद्योग तीन दिन ठप्प बन्न पुगेको थियो ।

उद्योगको बाध्यकारी नियमसँगै आफुहरुमाथिको व्यवहार चित्तबुझ्दो नभएको बताउँदै कामदार आन्दोलित बनेका थिए ।  उद्योग प्रशासनले कामदारको माग कम्पनीको नियम विपरित हुनजाने भन्दै निशर्त काममा फर्किन गरेको आग्रह कामदारले स्विकारेको उद्योगका प्रवक्ता श्याम पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार आन्दोलित कामदारले राखेको अडान फिर्ता लिएपछि उद्योग सञ्चालनमा ल्याउने सहमति बनेको हो ।

सम्बन्धित समाचार