दाङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाए



दाङ । दाङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुताल जलाएको छ। राष्ट्रिय जनमोर्चाले दाङको लमहीमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाएको छ। जनमोर्चा लमही नगर कमिटीले भारतले हालै नेपाली भूमिलाई गाभेर नक्सा सार्वजनिक गरेको बिरोधमा प्रर्दशन गर्दै प्रधानमन्त्री मोदीको पुतला जलाएकाे हो। छिमेकीको नाममा भारतले नेपाली भूमि नै आफ्नो नक्साभित्र राख्नुले हेपाय प्रबृत्तिको उजागर भएको भन्दै जनमोर्चाले तत्काल भूमि फिर्ता गर्न माग समेत गरेको छ।

शुक्रबार पुतला दहनपछि आयोजित सभालाई सम्बोधन गर्दै जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले भारतले नेपालको स्वाधीनतामाथि धाबा बोल्ने काम गरेको बताए। भारतले नेपाली सीमा मिच्ने र भूभाग नै आफ्नो बनाउने हर्कत गरेको प्रति एकताका साथ नेपाली लड्नु पर्नेमा समेत बताए।

विभिन्न दर्जनौं ठाउँहरूमा भारतले भूमि मिच्दै आएको भन्दै सरकारलाई उच्च स्तरबाट नेपाली भूमि फिर्ता लिन समेत ध्यानआकर्षण गराए। कार्यक्रममा बोल्दै रक्तिम साँस्कृतिक अभियानमा केन्द्रीय सल्लाहकार नारायण योगीले नेपाली भूमि कुनै पनि हालतमा भारतले मिच्न नपाउने भन्दै एकताको लडाई आवश्यक परेको बताए।

सम्बन्धित समाचार