आलुले स्थानीय स्तरमा बजार नपाएरपछि पोखरा र काठमाडौं पुर्याईदै



बाजुरा । बाजुराको आलुले स्थानीय स्तरमा बजार नपाएरपछि पोखरा र काठमाडौंका शहरमा लगिएको छ। बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेमा उत्पादन भएको १ सय क्विन्टल आलु काठमाडौ र ४० क्विन्टल  पोखरा लगिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए। विषादीरहीत अर्गानिक आलु कृषि फ्रेस प्रालिले काठमाडौं र एग्रो मायट कम्पनीले पोखरा लगेको हो।

प्रतिकेजी ३० रुपैयाँका दरले खरिद गरेर बाजुराबाट लगेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। पहिलोपटकमा थोरै गए पनि उत्पादनलाई बढवा दिई आगामी दिनमा पनि नेपालका ठूला शहरमा यहाँ उत्पाद भएको आलु पठाउने योजना रहेको अध्यक्ष पाध्यायले बताए।

सम्बन्धित समाचार