मोरङमा आफ्नै भाईहरुको कुटपिटबाट दिदिको मृत्यु



मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारी बस्ने बर्ष ५१ को बिजय किस्कु र निजको भाई बर्ष ३२ को बिरेन्द्र किस्कुले सोही स्थानमा बस्ने बर्ष ५५ की सिता सोरेनलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ । शुक्रबार साझँ ५ बजेको समयमा उनिहरुले जग्गाको बिषयमा बादविवाद गरी झगडा गर्दा सिता सोरेनलाई कुटपिट गरी घाईते बनाएकाे प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोईरालाले जनकारी दिए ।

घाईते उनलाई उपचारको लागि बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको थियो । कुटपिट गर्ने दुबैजना दाजु भाईलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित समाचार