पथरी शनिश्चरेमा कर्मचारी नभएकाले नगरमा सेवा लिन आउने सेवा ग्राहीलाई सास्ती



पथरी। मोरङको पथरीशनिश्चरेमा कर्मचारी नभएकाले नगरमा सेवालिन आउने सेवा ग्राहीले सास्ती भोग्नु परेको छ । एक हप्ता सम्म पनि नगर धाउदा पनि जेष्ठ नागरिक सदस्यको कार्डमा सही नहुने सेवाग्राही बताउछन । रहरले काम गरौ, हासेर सेवा गरौ भनेर कार्यकक्ष अगाडी भए पनि सेवाग्राहि भने कर्मचारीलाई सराप्दै जाने गरेका छन ।

प्रमुख प्रसासकृय अधिकृत अम्बिका प्रसाद धमलालाई प्रयजसो कहिल्यै कार्यलयमा हुदैन्न । अधिकाम्स समय बिराटनगरमा बिताउने धमलाका कारण प्रसासनिक काममा समस्या हुने गरेको छ । धमला कुन दिन आउछन अनि सबै काम सकै भनेर जनप्रतिनिधी र कर्मचारीहरुमा समेत समस्या हुने गरेको छ ।

नगरमा जिम्मेवार कर्मचारी एकै पटक कोहि तालिम, कोहि भ्रमण कोहि बिदा बस्दा नगरमा सानो काम लिएर आउने सेवाग्राहिको काम पनि ठप्प हुने गरेको छ । नगरमा १ हप्ता देखि यस्तो समस्या रहेपछि संचारकर्मीले समचार संकलन गर्न थाले पछि भने एक कर्मचारीले सेवाग्राहीको काम गर्न थाले ।
पथरीशनिश्चरेका १ का मसन्त बहादुर राई जेष्ठ नागरिक परिचय पत्रमा सहि गराउन ४ पटक आउदा सम्म काम नभए पछि निरास हुदै फर्किए । ४ दिन नगर धाए पछि उनले थाहा पाए जिम्मेवार कर्मचारीहरु तालिम, बिदा र भ्रमण लागेका रहेछन दुख हामी जनताले नै त भोग्नु पर्ने रहेछ नि राईले संचारकर्मी संग गुनासो गरे र

हाकीमसाव नभएकाले २ पटक सम्म आएर फर्कनु परेको इटहरीका प्रम रायामाझीले बताए । संझैता गर्नु पर्ने समय कम छ तर पटक पटक आउदा सम्म हाकिम, साहयक हाकीम तथा जिम्मेवार ब्याक्ती नहुदा सास्ती ब्याहोनु परेको रायामाझीले बताए । पटक पटक कर्मचारीको विषयमा बिवाद बन्दै आएको यो नगरपालिकामा कर्मचारीहरु बिदा, काज र भ्रमणमा हिड्ने गरेका छन ।

सम्बन्धित समाचार