धनकुटामा रुखमा खोलिएको होटलले धेरैको ध्यान तान्दै



धनकुटा । होटल व्यवसाय भन्नेबित्तिकै सहर–बजारमा चहलपहलयुक्त स्थानमै सन्चालन गर्नुपर्छ भन्ने मान्यता पाइन्छ ।तर, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५, परेवादिनको एक गाउँमा सन्चालन गरिएको होटलले यतिबेला धेरैको ध्यान तान्न थालेको छ ।

ठूलो वरको रुख, वरको रुखमा निर्माण गरिएको घर अनि त्यही घरमा सन्चालन गरिएको होटल ।धनकुटाको छथर जोरपाटी गाउँपालिका–५, परेवादिनको चुम्लुङटोलमा निर्माण गरिएको यो ‘ट्री हाउस’ यतिबेला धेरैको आकर्षणको केन्द्र बनेको छ ।

ट्री हाउस स्थानीय हेम लिम्बू र प्रेम लिम्बूले करिब पाँच लाख रुपैयाँ खर्च गरेर सन्चालनमा ल्याएका हुन् ।पर्यटक आकर्षण गर्ने, स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, बसाइँ–सराइको क्रमलाईसमेत न्यूनीकरण गर्ने लक्ष्यका साथ ट्री हाउस सन्चालनमा ल्याइएको उनीहरुले बताए ।नयाँ तरिकाले जुनसुकै व्यापार–व्यवसाय जहाँ पनि सन्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन गाउँमै ट्री हाउस सन्चालन गरिएको सन्चालक हेम लिम्बूले बताए ।

सम्बन्धित समाचार