हिमाल आरोहण गरेर फर्किने क्रममा विदेशी नागरिकको लडेर मृत्यु



साेलुखुम्बु ।आइलम्पिक पिक आरोहण गरेर फर्कने क्रममा लडेर शुक्रबार एक डेनिस एक नागरिकको ज्यान गएको छ ।पिक आरोहण गरी फर्कने क्रममा सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार ३५ वर्षीय आन्ड्रेस ब्याक पेडर्सनको ज्यान गएाके सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पेडर्सन झण्डै २ सय मिटर तल खसेपछि घटनास्थलमै ज्यान भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो ।कानुनी प्रक्रिया पुरा गरी शवलाई सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट काठमाण्डौकाे त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतक पेडर्सनसहित ११ जनाको समूह फुटलोज इन द हिमालयन प्रालिमार्फत हिमाल आरोहणका लागि खुम्बु आएका बताइएको छ।

सम्बन्धित समाचार