भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा माईवेणी भ्यालि रिसोट संचालनमा



धनकुटा । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यकटको चहल पहल सुरु भएसंगै भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका ९ मा करिब ५५ लाख लगानीमा माईवेणी भ्यालि रिसोट संचालनमा ल्याईएको संचालक अशोक राईले जानकारी दिनु भयो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यकटको चहल पहल सुरु भए संगै यहाँ बोट मार्फत आउने पर्यटकको माग र आवश्यकतालाई ध्यान दिएर रिसोट संचालन गरिएको राईले बताए । स्थानिय उत्पादन लाई बढी प्राथमिकतामा राखेर आर्गनिक स्वाद र स्थानिय स्तरमा रोजगारी सिर्जना गर्न समेत रिसोट संचालनमा ल्याईएको संचालकको भनाई छ ।

सम्बन्धित समाचार