मोरङको दुर्गम क्षेत्र साविक टाँडी गाविसमा पहिल्यैदेखिकै खानेपानी अभाव



विराटनगर । सुगम जिल्लाको रुपमा लिइने मोरङको दुर्गम क्षेत्र साविक टाँडी गाविसमा खानेपानी अभाव पहिल्यैदेखिकै हो। हालको मिक्लाजुङ गाउँपालिका-१, २, ३, ४ र ६ को केही भागमा खानेपानी समस्या विकराल छ। त्यहाँका स्थानीय फागुन लागेपछि घण्टौं पैदल हिँडेर गाग्रीमा पानी ल्याउँछन्। सोही समस्या समाधानका लागि ६ वर्षअगाडि स्थापना भएको लावा खोला खानेपानी आयोजना भने पर्याप्त बजेट नहुँदा काम गर्न नसक्ने गरी थलिएर बसेको छ। मिक्लाजुङ–२ चुलीपोखरीका स्थानीयलाई खानेपानीको समस्या छ।

वर्षाको समयमा जसोतसो पानी हुन्छ। तर, जब खडेरीको समय सुरु हुन्छ‚ उनीहरू खानेपानीकै समस्याले पिरोलिन्छन्। ‘खडेरीको समयमा खोला, खोल्सी वा कुवामा पानी भर्न तँछाडमछाड हुन्छ’, स्थानीय दिलकुमारी श्रेष्ठले भनिन्, ‘फागुनदेखि जन हुनेले मात्रै पानी खान पाउँछन्।’ घरको एकजना त पानीकै लागि ढुक्कै लाग्नु पर्छ। चुली पोखरीमा पनि बेरा लाएपछि गाईवस्तुलाई पनि पानी बोकेरै खुवाउनु पर्ने बाध्यता रहेको अर्की स्थानीय रूपमाया श्रेष्ठले गुनासो गरिन्।

सम्बन्धित समाचार