धनकुटाको कागते सडक कालोपत्रे शूरु



धनकुटा  । धनकुटाको कागते-पारीपात्ले ८ सय मिटर सडक खण्ड कालोपत्रे शूरु भएको छ । पूर्वाधार विकास कार्यलय भोजपुरको झण्डै १ करोड लागतमा यो सडक कालोत्रे शूरु भएको धनकुटा नगरपालिका वडा नं ३ का अध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष ग्राभेल गर्ने तथा ड्रेन वनाउने जस्ता काम गरिएको यो सडक अहिले कालो पत्रे गरिएको हो । सडक कालोपत्रे भएपछि स्थानियलाई आवतजावतमा थप सहज हुने अपेक्षा गरिएको छ ।धनकुटा ३ कागतेवाट शूरु भई उत्तरपानी धर्मशालामा हिले-छिन्ताङ सडक सँग जोडिने यो सडक मार्फत कागते, पारीपात्ले, मार्घा, आँखिसल्ला लगायत ठाउँका स्थानिय वासिन्दा लाभान्वित हुने वडाध्यक्ष घिमिरेले वताउनुभयो ।

सम्बन्धित समाचार