कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमेश तिम्सिना



इनरुवा । कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमेश तिम्सिना चुनिएका छन् । १९ औं साधारण सभाले तिम्सिनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा विन्दु बराल, सचिवमा कृष्ण प्रसाद दाहाल र कोषाध्यक्ष कृष्ण तिम्सिना चयन भएका छन् ।
कार्य समिति सदस्यतर्फ रामप्रसाद घिमिरे, सुधा तिम्सिना, केदार भण्डारी, वासुन्ती तेल, प्रकाश नेपाली, हरि दाहाल र वैंश आलम छानिएका छन् ।

त्यस्तै कोशीको लेखा समिति संयोजकमा योगेन्द्र गिरी दोहोरिंदा अच्युत भण्डारी र रामहरी शर्मा सदस्य रहेका छन् । कोशीको ऋण उपसमितिमा उद्धव काफ्ले, हेमराज पोखरेल र खिलबहादुर अधिकारी चुनिएको संस्थाका प्रवन्धक रिजन तिम्सिनाले जानकारी दिए ।त्यसअघि प्रदेश एकका सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यतामा कोशी बचतले वार्षिक साधारण सभा समपन्न गरेको थियो ।

साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाको मुनाफामा वृद्धि भएको छ । संस्थाको आ.व. २०७४।०७५ को कुल मुनाफा ४९ लाख ७९ हजार ७ सय २४ रुपैंया रहेकोमा आ.व. २०७५।०७६मा संस्थाको मुनाफा वृद्धि भई ७४ लाख ६५ हजार ८२ रुपैंया पुगेको छ ।

सम्बन्धित समाचार