नेपाल शिक्षक महासंघ भोजपुरमा प्रेश विज्ञेप्ती मार्फत आफ्नो धारण सार्वजानिक



भोजपुर । नेपाल शिक्षक महासंघ भोजपुरले शैक्षिक तथा पेशागत गतिविधीहरुका बारेमा प्रेश विज्ञेप्ती मार्फत आफ्नो धारण सार्वजानिक गरेको छ । महासंघको सातौ पूर्ण वैठक सम्पन्नसंगै शिक्षा क्षेत्रको सुधारका बारेमा ८ बुँदे प्रेस विज्ञप्ती जारी गरेको हो । विज्ञती मार्फत शैक्षिक क्षेत्रका विभिन्न समस्या समाधानको लागि ध्यानकर्षण समेत गराईएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, स्थायी शिक्षक नियुक्ती, विद्यालय व्यवस्थापन समिति गठन, रिक्त पद पुर्ती, शिक्षक सरुवा लगाएतका विद्यालय सञ्चालन तथा शिक्षक व्यवस्थापनसंग सम्वन्धीत क्रियाकलाप सञ्चालन गर्दा प्रचलित शिक्षा ऐन तथा शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न मितिमा जारि गरिएका निर्देशन तथा परिपत्रहरुको अधिनमा रहि सञ्चालन गर्न गराउन सरोकार वाला सवैमा अनुरोध गरिएको छ ।

त्यसै गरि पेशागत मर्यादा, तथा शैक्षिक गुणस्तर अभिबृद्धिका सम्वन्धमा पेशा गत आचार संहिता भित्र रहि आधुनिक सूचना प्रविधी मैत्री र अनुसन्धानमुखी शिक्षण सिकाई कार्यमा अध्यावधिक हुद,ै एकता बद्धताका साथ क्रियासिल रहन स्थानिय समिति लगाएत सम्पुर्ण भोजपुरे शिक्षा कर्मीहरुमा आह्वान गरिएको छ । बैठक नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थ कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार