३ वर्षको समयावधिभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पुयाउने मुख्यमन्त्री राई



भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ३ वर्षको समयावधिभित्र भोजपुरका सबै क्षेत्रमा सडक र पुलको पहुँच पु¥याउने बताएका छन् । सदरमुकामसंग दक्षिणी क्षेत्र जोड्ने घोरेटार सडकखण्ड अन्र्तगतको मानेभञ्याङस्थित पिखुवा खोलाको मोटरेबल पुल र भोजपुर रंगशालाको शिलान्यासका लागि गृह जिल्ला भोजपुर आएका मुख्यमन्त्री राई यस्तो बताएका हुन् ।

गृह जिल्ला आएका मुख्यमन्त्री राईले जिल्ला जोड्ने अरुण, दुधकोशी, सुनकोशी नदी लगायत सानाठुला सबै पुलहरु, सडकहरुका आयोजनाका ठेक्का प्रक्रिया अगाडी बढाईसकेको बताए । ‘जिल्लाको विकास र समृद्धिका निम्ति गुरुयोजना अगाडी बढाईसकेको छ । चलिरहेका र सुरु हुन लागेका सबै आयोजनाहरुको कामको गुणस्तरीयता कस्तो हुन्छ भन्ने मात्र चुनौत ीबनेको छ ।

यसका लागि प्रदेश सरकारले तीन तहका निकायसंग बहस चलाईरहेका छौँ’ उनले भने, ‘एउटै मात्र चाहना विकास हो, संघिय प्रणालीअन्र्तगत तीन तहको ढाँचाबाट पुरा गर्न चाहान्छौ, एकपछि अर्को गर्दै पुरा गर्नेछौ’
मुख्यमन्त्री राईले प्रदेश र संघीय सरकारमार्फत सञ्चालन हुने आयोजनाहरूहरुको निगरानी गरिदिन स्थानीय सरकारलाई आग्रह पनि गरे । मोटरेबल पुल करीब ६ करोड र रंगशाला १४ करोड ५ लाख २६ रूपैयाँ लागतको बन्ने जनाईएको छ । दुवै आयोजनाको मुख्यमन्त्री राई र संघीय सांसद सुदन किराँतीले संयुक्त शिलान्यास गरेका थिए ।

मुख्यमन्त्री राईले गृह जिल्ला भोजपुरलाई नमूना बनाउने गरी काम गरिरहेको बताउँदै आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने योजना सुनाए । पूर्वाधार कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलाको पुल २०७८ साल र रंगशाला २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

सम्बन्धित समाचार