धनकुटामा सहकारी लेखापालन सम्वन्धि ६ दिने तालिम शुरु



धनकुटा । पाख्रिबास नगरपालिकामा मंसिर २ बाट आधारभुत सहकारी लेखापालन सम्वन्धि ६ दिने तालिम शुरु भएको छ । जिल्ला सहकारी संघ धनकुटाको संयोजनमा सञ्चालित तालिमको उदघाट्न पाख्रिवास नगरपालिका प्रमुख बृष बहादुर राईले गर्नु भएको हो ।

सहकारीको लेखा व्यवस्थापन सम्वन्धि जानकारी दिने लक्ष्यका साथ सञ्चालित तालिममा धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका २६ वटा सहकारी संस्थाका सहकारी अगुवाहरुले भाग लिई रहेका छन् ।

कार्यक्रममा पाख्रिवास ४ का वडाध्यक्ष शोवित निरौला सहित अन्य अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । तालिमको सहजीकरण सहकारी प्रशिक्षालय प्रदेश १ का प्रशिक्षक नरेन्द्र पोख्रेल,एकनाथ दाहाल,रमेश ढकाल र संघका अध्यक्ष सुन्दरवावु श्रेष्ठले गरिरहेको जिल्ला सहकारी संघ धनकुटाले जनाएको छ ।

सम्बन्धित समाचार