किमाथांका सडक आयोजनाको इटहरीखण्डमा बिबाद



इटहरी ।  लामो समयदेखि विवादित रहेको आएको बिराटनगर रानी ( किमाथांका सडक आयोजनाको इटहरीखण्डमा बिबाद रहँदै आएको छ। चीन-भारत जोड्ने त्रिदेशीय महत्वको निर्माणाधीन रहेको सडकको चौडाइको विषयमा इटहरी क्षेत्रभित्र बिबाद आएपछि उपमहानगरपालिकाले चासो देखाएको छ।

फुटफाथ सहित ८२/८२ फुटको सडक निर्माण गर्ने भए पनि इटहरीको मुख्यचौकमा भने ६०/६० फिट मात्र कायम गरिएको भन्दै विवाद उत्पन्न भएको थियो। बिबाद पछि आइतबार सडक निमार्णमा एकरुपता कायम हुनुपर्ने भन्दै इटहरीका युवा संगठित भएर उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाए।  नेकपा नेता समेत रहेका मदन चुडालको संयोजकत्वमा बनेको २०१ सदस्यीय संघर्ष समितिले उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएपछि उपप्रमुख लक्ष्मी गौतमसहित सोमबार फित्ता लिएर सडक नाप्न निस्किएका हुन्।

६ लेनको सडक निर्माणका लागि केन्द्रबाट दायाँ र बायाँ ६०/६० फिट कायम गरिएको छ। भने फुटपाथ र सर्भिसलेनको लागि ५/५ मिटर छुट्याएकोमा आयोजनाले भने मुख्य चोकमा फुटपाथ बिनानै सडक निर्माण गर्न लागेको भन्दै बिरोध भएको थियो। ‘सडक आयोजनाले इटहरीको प्रमुख बजार इलाकामा फुटपाथ नब्बन्ने गरी काम गर्दै गरेको पाइयो’ इटहरीकी उपप्रमुख गौतमले भनिन्, ‘डिपिआरमा फुटपाथ समेत बनाउनु पर्ने छ भन्ने बुझिएको छ। त्यसका लागि पत्र पठाई सकेका छौं।’ उपप्रमुख गौतमका अनुसार इटहरीदेखि तरहरासम्म बन्ने बाटो समान छ।

तर व्यस्त हुने बजार इलाकामा फुटपाथ नै नहुने गरी आयोजनाले काम अघि बढाएको गौतमले बताइन्। २०६८/०६९ को आर्थिक वर्षबाट सुरु भएको रानी धरान ६ लेन सडकको जम्मा लम्बाइ ४९ किलोमिटर रहेको छ। भारतको जोगवनी र चीनको किमाथांका क्षेत्र जोड्ने यो सडक त्रिदेशीय महत्त्वको हो। रानीदेखि धरानसम्म ६ लेन सडक बनाउन १० अर्व बजेट छुट्याएकोमा अहिले ७ अर्वको मात्र ठेक्का लागेको छ।

सम्बन्धित समाचार