अल्ट्राटेक सिमेन्ट खरिद गर्दा दुई जना ग्राहकहरुले स्कुटर जिते



विराटनगर। नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्टको खरिद गर्दा दुई जना ग्राहकहरुले स्कुटर जितेका छन् ।साप्ताहिक गोलप्रथाबाट इनरुवाका संजय मेहेताले पहिलो स्कुटर जिते भने लेटाङ बुधबारेकी ओम कुमारी राईले दोस्रो स्कुटर जित्न सफल भएकी छिन् ।

तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता हिरो प्लेजर स्कुटर पाउने गर्छन् । स्कुटरको लागि प्रत्येक साताको शुक्रबार लक्की ड्र गर्ने गरिन्छ । मकालु टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम बन्धन सिमेन्ट विक्लि लक्कि ड्रबाट दुई विजेताको नाम सार्वजनिक गरिएको हो ।

प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन ग्राहकहरुले प्राप्त गर्ने छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउन सक्नेछन् । पहिलो चरणमा तत्काल हात खालि नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने कम्पनिले जानकारी दिएको छ ।

दोस्रो चरणमा कुपनमा लेखिएको कोडलाई ३३००१ नम्बरमा म्यासेज गरि लक्की ड्रमा समेत सहभागि गराउन सकिनेछ । यसरी दर्ता गरिएका कोडहरुमध्येबाट साप्ताहिक लक्की ड्रमार्फत् एक जनाले हिरो प्लेजर स्कुटर उपहार पाउन सक्नेछन् ।

तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ । बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन् । नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको सिमेन्ट हो । अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पियससी गरी दुई किसिमकोे सिमेन्ट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ ।

सम्बन्धित समाचार