गाई-गोरु तस्करीमा कडाइ गरिने



भद्रपुर । गाई–गोरु भारतहुँदै बंगलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ। भारतको उत्तर प्रदेशबाट सिराहा जिल्लाका नाकाहरूबाट नेपाल भित्राइने गाई–गोरु त्यहाँबाट झापा जिल्ला ल्याइन्छ। अनि झापाबाट गाई–गोरु भारततर्फ तस्करी हुन्छ। गाई–गोरु तस्करी नियन्त्रणमा झापा प्रहरी आक्रमण बनेपछि सिराहाका एक गाई–गोरु व्यापारीले प्रहरीविरुद्ध अदालतमा रिट हालेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिलाई विपक्षी बनाएर सिराहा बरफहवा नगरपालिका–६ बस्ने २८ वर्षीय नीरजकुमार सिंहले उच्च अदालत इलाममा रिट निवेदन दर्ता गराएका छन्। सोही रिटको आधारमा उच्च अदालतले १५ दिनभित्र अदालतमा हाजिर हुन झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापालाई जानकारी गराएको छ।

अदालतमा रिट निवेदन दर्ता गर्ने नीरजकुमार सिंहका बुबा शम्भु सिंह सिराहा ठुला गाईगोरु व्यापारी हुन्। छोरा नीरजलाई अगाडि बढाएर व्यापारी शम्भुले झापाका गाई–गोरु व्यापारी जीवन कार्की र जय चुडालसँग मिलेर अदालतमा रिट हालेको प्रहरी स्रोतको दाबी छ। एसपी र डिएसपी साबविरुद्ध अदालतमा रिट हालेका उनीहरूको मनसाय झापाबाट खुलेआम गाई–गोरु तस्करी गर्न पाउन भन्ने रहेको एक प्रहरी अधिकृतले थाहाकर्मीलाई बताए।

सम्बन्धित समाचार