निर्मला हत्याकाण्ड : अनुसन्धान प्रभावित पार्ने गरी समाचार प्रकाशन गरेको अभियोगमा एक घन्टा कैद



कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको अवहेलनासम्बन्धी मुद्दामा एक घण्टाका लागि जेल चलान भएका छन्। निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा अनुसन्धान प्रभावित पार्ने गरी समाचार प्रकाशन गरेको अभियोगमा अदालतले उनलाई जेल पठाएको हो।

उनी सम्पादक रहेको पत्रिकाले अदालतमा विचाराधीन रहेको मुद्दा प्रभावित पार्न उद्देश्यले समाचार सम्प्रेशण गरेको भन्दै अदालतले उनलाई थुनामा राख्ने सजाय सुनाएको थियो। भण्डारीलाई अदालतले निर्मला पन्त प्रकरणमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको भन्दै अदालतले उनलाई एक घन्टा कैद र १ रुपैयाँ जरिवाना सुनाएको थियो।

तर, उनले तिरेका थिएनन्। भण्डारी ३:५५ मा जिल्ला कारागार कञ्चनपुर नपुर पुगेको थिए। पत्रकार भण्डारीले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पुनरावेदनका लागि मौका नदिइएपछि पक्राउका लागि आदेश दिइएको जानकारी पाएपछि अदालतमा उपस्थित हुन जान लागेको जनाएका थिए।

अदालतले असार महिनामा गरेको फैसलाअनुसार पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। अदालतमा जरिवाना तिरेसँगै कारागार चलान भएका हुन्।

सम्बन्धित समाचार