ट्याक्टर अनियन्त्रित भई दुर्घटना,चालकको मृत्यु



सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सुक्रबारे कोशी बाध स्थितमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ । आज मंगलकार दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका-६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलले आफ्नो को २ त ५०२७ नम्बरको ट्याक्टर सुक्रबारे तर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको हाे ।दुर्घटनामा परेर चेपीएको अवस्थामा आफन्तले देख्नासाथ उपचारकोलागी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगेकोमा उपचारको क्रममा सवा २ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार