समयमा नै सडक नबनाएपछि ठेकेदारको तस्बीर सवारी साधन र सडकमा टाँसेर विरोध



विराटनगर । विराटनगर महानगरपालिकाले सडक निर्माणमा चासो नदिएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर भीम पराजुलीको तस्बीर सडक पोलमा टाँगेका छन् ।कोशी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जानेबाटो निर्माण नभएपछि स्थानीयबासीले मेयरको तस्बीर राखेर ‘हाम्रो विराटनगर राम्रो विराटनगर’ सौजन्य पीडित वडाबासीहरू’ लेखिएको पोष्टर बिजुलीको पोलमा राखेका हुन् । समयमा नै सडक नबनाएपछि काठमाडौंमा सर्वसाधरणले ठेकेदारको तस्बीर सवारी साधन र सडकमा टाँसेर विरोध गरेका थिए ।

स्थानीयबासीले मेयरको फोटो राखेर भद्र विरोध गरेका हुन् । सडकबाट आर्जित भएकाहरुले मंगलबार बिहान भद्र विरोध स्वरुप पोलमा तस्बीर टाँगेको स्थानीय टेकेन्द्र भट्टराईले बताए । विराटनगर महानगरपालिकामा भित्र ढल तथा नाला निर्माण गर्नेगरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ । परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समस्या भोग्दै आएका छन् ।

सम्बन्धित समाचार