कालापानी भारतकै भएको भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतको दावी



एजेन्सी ।भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतकै भएको दावी गरेका छन् । प्रधानमन्त्री केपी ओलीेले एक कार्यक्रम मार्फत कालापानी नेपालकै रहेको र सेना हटाउन दिएको अभिव्यक्तिलाई लिएर मन्त्री सिंहले ‘कालापानी भारतको हो र भारतमा नै रहन्छ’ भनेका हुन् । ’ सिंहले भनेका छन्,‘कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागकारुपमा रहिरहनेछ।’

पछिल्लो समय कालापानी, लिम्पियाधुरा र लिपुलेकका कारण भारत र नेपालको सम्बन्ध चिसिएको छ । भारतीय पक्षले गरेको एकपक्षिय निर्णय आफुहरुलाई अमान्य रहेको नेपाल सरकारले बताउँदै आइरहेको छ ।
उनले कालापानीबाट सेना हटाउने कुरै नहुने समेत बताएका छन् । उनले कालापानीलाई लिएर नेपालका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

नेपालमा भने भारतले गरेको अति क्रमणको विरोध हुँदै आइरहेको छ । नेपालले कुटनीतिक तवरले समस्या हल गर्न चाहेको बताइरहँदा उनको यो अभिव्यक्तिले कुटनीतिक सम्बन्धमा थप समस्या उत्पन्न हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचार