झापासहित पूर्वका चार जिल्लामा एलपी ग्यास अभाव



भद्रपुर। झापासहित पूर्वका चार जिल्लामा एलपी ग्यास अभाव भएको छ। भारतबाट नेपाल भित्रिने एलपी ग्यासका ट्यांकर पर्याप्त मात्रमा आउन छाडेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा ग्यास अभाव भएको हो। बजारमा एलपी ग्यासको अभाव भएपछि उपभोक्ता समस्या परेको छ। झापामा चारवटा ग्यास उद्योग रहेको छ। झापाबाहेक मोरङबाट पनि जिल्लाका बजारमा ग्यास सिलिन्डर भित्रिन्छ।

तर, भारतको पश्चिम बंगालस्थित कलकत्ताको ग्यास प्लान्टले केही दिनदेखि नेपाल आउने ट्यांकरलाई ग्यास भर्न नदिँदा बजारमा एलपी ग्यासको अभाव भएको बताइएको छ।  झापाका ग्यास उद्योगमा कलकत्ताको हल्दिया, बरुनी र पारदीप भन्ने ठाउँबाट ट्यांकरमा लोड गरी एलपी ग्यास काँकडभिट्टा नाकाबाट जिल्ला भित्र्याउने गरेको नेपाल एलपी ग्यास संघका सल्लाहकार आदित्य पराजुलीले जानकारी दिए।

सम्बन्धित समाचार