इनरुवामा एक जग्गा कारोवारीको हत्या,घर छेउमै शव भेटियो



इनरुवा ।जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ । सुनसरी जिल्ला अदालत नजिकै घर भएका यादवको शव हत्या भएको अवस्थामा आज विहान फेला परेको हो । यादवको शव घर छेउमै भेटिएको थियाे ।

यादवको हत्या घरेलु हतियारको प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको प्रकृति अनुसार हत्या गरिएका यादवको शव राती सुत्ने अवस्थामा लगाउने पहिरन रहेकाे छ । शव भेटिएको स्थानमा रगत नभेटिएकाले अन्यत्रै हत्या गरि फालिएको हुन सक्ने पीडित पक्ष्यको अनुमान छ । स्थानीयका अनुसार यादवका दुई सन्तान मावला गएकाले श्रीमती समेत उनीहरुलाई लिन माइत गएकी थिइन् । घरमा यादवकी बुहारी र अन्य साना केटाकेटी थिए ।

रातीको समयमा फोन आएर कारी यादव घर बाहिर निस्केको भनिएपनि वास्तविकता बारे प्रहरी अनुसन्धानबाट खुल्ने मृतककाे आफन्तहरुले अपेक्षा छ । घटनास्थलमा सुनसरीका डीएसपी बिनोद शर्मा सहितको टोली परिचालित छ । हत्या शंकास्पद देखिएको बताउने प्रहरीले घटनामा संलग्न दोषी छिटै पक्राउ पर्ने जनाएको छ । अनुसन्धानका क्रममा रहेकाले विस्तृत जानकारी नदिएपनि प्रहरीले सूक्ष्म रुपमा अघि बढाइएको अनुसन्धान निचोडमा पुग्न लागेको बताएको छ ।

सम्बन्धित समाचार