फोहोर व्यवस्थापनका लागि झापामा १७ करोडको परियोजना शुरु



बिर्तामोड । फोहोरमैला व्यवस्थापन अहिलेको प्रमुख समस्या हो । बढ्दो सहरीकरणका कारण झाप सहित अहिले देशभर नै फोहोरमैला व्यवस्थापन गर्न चुनौति छ । तर, झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि विश्व बैंकको सहयोगमा कनकाई नगरपालिका– २ मा नमूना परियोजना शुरु भएको छ ।

विश्व वैंकको पाँच करोड ४६ लाख दुई सय ४६ रुपैयाँको अनुदान सहित १७ करोड ५० लाख रुपैयाँको लागतमा कनकाई बिर्ता अर्जुन नबीकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडले फोहोरमैला व्यवस्थापनका लागि परियोजना शरु गरेको हो । परियोजनाको काम २०७७ श्रावम ७ गतेभित्र सम्पन्न गर्ने गरी काम थालिएको र अहिले ‘डाइजेस्टर’ निर्माणको काम भइरहेको परियोजनाका अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिनुभयो ।
बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन सोचका साथ वैकल्पिक उर्जा परियोजना केन्द्रको सहयोगमा उर्जा मन्त्रालय मार्फत फोहोरमैला व्यवस्थापन सहित नौ सय घर परिवारलाई पाइपलाइनबाट ग्यास समेत बितरण गर्ने गरी काम अघि बढाइएको कम्पनीका सदस्य राजकुमार कट्टेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार परियोजना सञ्चालनपछि फोहोरबाट बायोग्यास उत्पादन गर्ने र नगरलाई पाइपलाइन मार्फत ग्यास वितरण गर्दै सहजरुपमा ग्यास उपलब्ध गराउने छ कम्पनीका सञ्चालक मदनगोपाल सुब्बाका अनुसार परियोजना सञ्चालनपछि दैनिक ३५ देखि ४० टनसम्म फोहोर खपत हुने र नगरलाई सफा राख्न यसले मद्दत पु¥याउने भएको छ । बिर्तामोड,अर्जुनधारा र कनकाई नगरपालिकाके सहकार्यमा परियोजनाको काम अघि बढेको भन्दै सुब्बाले भन्नुभयो –‘परियोजना सञ्चालनपछि फोहोरलाई मोहोरमा बदल्न सकिन्छ । ’

सम्बन्धित समाचार