नेपालबाट चोरी भएको मुर्ति अमेरिकाको अफ आर्टमा भेटियो



काठमाडौं ।सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ ।यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मुर्तिको फोटो राख्दै ट्वीट गरेका छन् । उक्त मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ’स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छापिएको थियो ।

उक्त मुर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो । कमलको फूलमा उभिएको उक्त मुर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ । मुर्तिको दायाँ भागले भगवान विष्णुको प्रतिनिधित्व गर्छ भने बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुकी श्रीमती) को प्रतिनिधित्व गर्छ । १५ ‍औं सताब्दीमा बनेको उक्त मुर्ति सन् १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार