दुई थान स्वचालित पेस्तोल र दुई थान खाली म्यागजिन सहित एक जना पक्राउ



सिरहा । सिरहाको कल्याणपुर नगरपालिका २ स्थित चतरीघाटबाट बुधबार एकजना दुई थान स्वचालित पेस्तोल र दुई थान खाली म्यागजिनसहित समातिएका छन् । उनलाई सादा पोशाकमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको छ।

सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका ३ इटारीप्रसाहीका २१ वर्षीय अहमद मियाँ रहेको छ । जिल्ला प्रहरी कार्यालय र कल्याणपुर प्रहरीको संयुक्त सादा पोशाकमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मियाँलाई हतियारसहित फेला परेको उनले जानकारी गराए ।

प्रहरीले ‘मेड इन युएसए’ लेखिएको ७ एमएमको एक थान र ९ एमएमको एक थान गरी दुई थान स्वाचालित पेस्तोल बरामद गरेका छन् । सोहीमा प्रयोग हुने दुई थान खाली म्यागजिन पनि बरामद भएको एसपी चतुर्वेदीले बताए । मियाँले प्रहरी टोलीलाई देखेपछि एक थान म्यागजिन र पेस्तोल धान खेतमा फालेका थिए अर्कोसँगै राखेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । थप अनुसन्धान भइहरेको एसपीले बताए।

सम्बन्धित समाचार