श्रीमतिले श्रीमानलाई खुकुरी प्रहार,श्रीमान गम्भिर घाइते



पथरी । पथरीशनीश्चरे ९ मा श्रीमतिले श्रीमनलाई धारिलो खुकुरी प्रहार गरेकी छिन । खुकुरी प्रहारबाट अन्दाजी ५० वर्षिय श्रीमान चन्द्र मान श्रेष्ठ गम्भिर घाइते भएका छन ।प्रहरीका अनुसार घाइते श्रेष्ठको देब्रे पेटमा र देब्रे हातमा गहिरो चोट लागेको छ । घाइते श्रेष्ठको स्थानिय अस्पातलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

वर्ष ३८ कि चन्द्र लिम्बु श्रेष्ठले घरायसी विवादमा खुकुरी प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने श्रीमती घाइते श्रेष्ठको दोस्रो श्रीमती रहेको प्रहरीले जनाएको छ ।आफु एक कन्ट्रक्सनमा काम गर्दै आएको बताउदै श्रीमान श्रेष्ठ भन्छन :- पटक पटक श्रीमतीले कुटपिट गर्दै आएको र आफु जोगिन लाई भाग्दै आएको बाताए ।

सम्बन्धित समाचार